सुनको मूल्यमा भारी गिरावट, तोलामा ८३०० रुपैयाँ सस्तियो, चाँदीको भाउ पनि लगातार ओरालो

बिजमाण्डू
२०८३ कात्तिक १५ गते ११:२९ | Nov 1, 2026
सुनको मूल्यमा भारी गिरावट, तोलामा ८३०० रुपैयाँ सस्तियो, चाँदीको भाउ पनि लगातार ओरालो


काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा आइतबार भारी गिरावट आएको छ। प्रति तोला सुनको मूल्य ८ हजार ३०० रुपैयाँ घटेको छ।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रति तोला २ लाख ७२ हजार रूपैयाँमा झरेको छ। सुन शुक्रबार प्रति तोला ३२०० रुपैयाँले भाउ घटेपछि २ लाख ८० हजार ३०० रुपैयाँका दरले किनबेच भएको थियो।

यस्तै, चाँदीको मूल्य तोलामा १७५ रुपैयाँ घटेको छ। शुक्रबार तोलामा ३८२५ रूपैयाँमा कारोबार भएको चाँदीको आइबार ३ हजार ६५० रूपैयाँमा आइपुगेको छ। चाँदीको भाउ शुक्रबार तोलामा १०५ रुपैयाँ घटेको थियो।