काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा आइतबार भारी गिरावट आएको छ। प्रति तोला सुनको मूल्य ८ हजार ३०० रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रति तोला २ लाख ७२ हजार रूपैयाँमा झरेको छ। सुन शुक्रबार प्रति तोला ३२०० रुपैयाँले भाउ घटेपछि २ लाख ८० हजार ३०० रुपैयाँका दरले किनबेच भएको थियो।
यस्तै, चाँदीको मूल्य तोलामा १७५ रुपैयाँ घटेको छ। शुक्रबार तोलामा ३८२५ रूपैयाँमा कारोबार भएको चाँदीको आइबार ३ हजार ६५० रूपैयाँमा आइपुगेको छ। चाँदीको भाउ शुक्रबार तोलामा १०५ रुपैयाँ घटेको थियो।