बनेपा क्षेत्रको सडकको विवाद मन्त्रालयको सहजीकरणपछि समाधान, कालोपत्रे दुई महिनाभित्र

बिजमाण्डू
२०८३ कात्तिक १२ गते १३:३६ | Oct 29, 2026
बनेपा क्षेत्रको सडकको विवाद मन्त्रालयको सहजीकरणपछि समाधान, कालोपत्रे दुई महिनाभित्र


काठमाडौं। सूर्यविनायक-धुलिखेल सडक आयोजना अन्तर्गत बनेपा बजार क्षेत्रको सडक दुई महिनाभित्र कालोपत्रे गरिने भएको छ।

GBIME
Tata

सडकको सेन्टरलाइन र इन्टरसेक्सनसम्बन्धी विवाद पूर्वाधार विकास मन्त्रालयको सहजीकरणपछि समाधान भएसँगै बनेपा क्षेत्रमा अहिले सडकको पुरानो सतह हटाउने काम सुरु भएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मन्त्रालयको पटक पटकको सहजीकरण पश्चात विवाद समाधान भएको भन्दै बनेपा क्षेत्रको सडक दुई महिनाभित्र कालोपत्रे गर्ने बताए।

विवादका कारण बनेपा क्षेत्रको सडकमा लामो समयदेखि काम हुन सकेको थिएन।

७.९ किलोमिटर लामो साँगा-धुलिखेल सडक खण्डमा ६.५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बाँकी १.४ किलोमिटर सडकलाई सर्भिस लेनसहित चार लेनमा स्तरोन्नति गरी यस वर्षभित्र निर्माण सम्पन्न गर्ने मन्त्री लम्सालले बताए।