काठमाडौं। जनकपुर बोल्ट्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिलो ब्याटिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
आज काठमाडौं आफ्नो पहिलो खेलमा मैदान उत्रँदैछ भने जनकपुर दोस्रो खेलमा पहिलो जितको खोजीमा छ। काठमाडौंको यसपाला चर्चाको केन्द्रमा रहेका डेभिड वार्नर टोलीमा छैन। त्यस्तै, जनकपुरमा पनि जिम्मी निशम प्लेइङ ११ मा छैनन्।

जनकपुर बोल्टस् प्लेइङ ११
हरमीत सिंह (कप्तान), मोइन अली, सैफ हसन, कुशल परेरा, ललित राजवंशी, अनिलकुमार साह, मयन यादव, तृतराज दास, अभिषेक तिवारी, राहुल यादव, अमरसिंह रौटेला
काठमाडौं प्लेइङ ११
करण केसी (कप्तान), भीम सार्की, राशिद खान, आदिल आलम, शाहब आलम, सुमित महर्जन, हरिशंकर शाह, स्मित पटेल, जहानदाद खान, साम हेजलेट, रिपोन मण्डल










