एनएमबि बैंकका ग्राहकलाई विदेशमा रकम पठाउन नयाँ विकल्प, भिजासँग सम्झौता

बिजमाण्डू
२०८३ कात्तिक ११ गते १७:२० | Oct 28, 2026
एनएमबि बैंकका ग्राहकलाई विदेशमा रकम पठाउन नयाँ विकल्प, भिजासँग सम्झौता


काठमाडौं। एनएमबि बैंकले आफ्ना ग्राहकलाई विदेशमा रकम पठाउन नयाँ विकल्प ल्याएको छ। बैंकले भिजासँग ’भिजा डाइरेक्ट टु एकाउन्ट’ सेवाका लागि सम्झौता गरेको छ।

GBIME
Tata

यो सम्झौता पश्चात् आफ्ना ग्राहकलाई विदेशमा रकम पठाउने नयाँ विकल्प उपलब्ध भएको बैंकले जनाएको छ। यो प्रविधि प्रयोग गरी बैंकका ग्राहकले झन्झटविना अझ भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन्।

भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देशमा सञ्चालनमा छ।