निर्माण व्यवसायी महासंघले भन्यो- सरकारको निर्णय पूर्वाधार क्षेत्रका लागि ‘कोशेढुंगा’

बिजमाण्डू
२०८३ असोज २६ गते १८:३९ | Oct 12, 2026
निर्माण व्यवसायी महासंघले भन्यो- सरकारको निर्णय पूर्वाधार क्षेत्रका लागि ‘कोशेढुंगा’


काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले सरकारले विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि स्वीकृत गरेकामा स्वागत गरेको छ।

GBIME
Tata

महासंघले सोमबार प्रेस विज्ञप्ति जारी गरी निर्माण व्यवसायीको लामो समयदेखिको माग सम्बोधन गरेको भन्दै स्वागत गरकेो हो। महासंघले सरकारको निर्णय मुलुकको पूर्वाधार क्षेत्रका लागि ‘कोशेढुंगा’ भएको बताएको छ।

‘मूल्य समायोजनको विषय सार्वजनिक खरिद ऐनमा उल्लेख भएता पनि हाल कार्यविधिमार्फत नै यसलाई स्पष्ट व्याख्या गरिनु वर्तमान सरकारको एक ऐतिहासिक कदम हो,’ महासंघले प्रेस विज्ञप्तिमार्फत भनेको छ।

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले लागत अत्यधिक बढेर मार खेपेका निर्माण व्यवसायीलाई राहत दिन असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि स्वीकृत गरेको थियो।