दसैंअघि ३२ कम्पनी र २५ म्युचुअल फण्डको लाभांश, सर्वाधिक प्रतिफल ३०%, कुनको कति?

बिजमाण्डू
२०८३ असोज २६ गते १३:१८ | Oct 12, 2026
दसैंअघि ३२ कम्पनी र २५ म्युचुअल फण्डको लाभांश, सर्वाधिक प्रतिफल ३०%, कुनको कति?


काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ३२ कम्पनी र २५ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्।

GBIME
Tata

नेप्सेमा सूचीकृतमध्ये सोमबारसम्म ३२ कम्पनीले प्रतिफल वितरणको निर्णय गरेका हुन्। इकाईधनीलाई बन्दमुखी र खुलामुखी प्रकृतिका २५ वटा म्युचुअल फण्डले पनि प्रतिफल वितरणको निर्णय गरिसकेका छन्।

लाभांश घोषणा गरेका केही कम्पनी र योजना व्यवस्थापकले साधारण सभा गरेर लाभांश सेयरधनी/इकाईधनीको खातामा पठाइसकेका छन्। केहीले भने भने साधारण सभा गर्न बाँकी छ।

पोहोरको मुनाफाबाट रिलायन्स स्पिनिङ मिल्सले सबैभन्दा धेरै ३० प्रतिशत नगद लाभांशको प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ। कम्पनीले सूचीकृत भएपछि पहिलो वर्ष नै आकर्षक नगद प्रतिफल वितरण गरेको हो।

नेपाल ल्युब आयलले १५ प्रतिशत बोनस सेयर र ६.०५ प्रतिशत नगद गरी सेयरधनीलाई २१.०५ प्रतिशफल वितरण गर्ने निर्णय गरेको छ।

बैंक तथा वित्तीय संस्थामा गरिमा विकास बैंक, सिद्धार्थ बैंक र मञ्जुश्री फाइनान्सले २०/२० प्रतिशत प्रतिफल घोषणा गरेका छन्। कुमारी बैंकले सबैभन्दा कम २.१० प्रतिशत लाभांश वितरण गरेको छ।

लाभांशको निर्णय गरेका कम्पनी

कम्पनीलाभांश प्रतिशत
कामना सेवा विकास बैंक१५
सांग्रिला डेभलपमेन्ट बैंक१०.५२
माण्डू हाइड्रोपावर१२
सुपर मादी हाइड्रोपावर१५.७८
एभरेष्ट बैंक१५
माछापुच्छ्रे बैंक८.२५
सानिमा बैंक१०
सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज१०
नेपाल ल्युब आयल२१.०५
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक१६
यनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर५
कालिञ्चोक दर्शन८.९४
गरिमा विकास बैंक२०
नबिल बैंक१५.८
ग्लोबल आइएमई बैंक१०
आइसीएफसी फाइनान्स१०.५२
निफ्रा५.२६
अरुण भ्याली हाइड्रोपावर५
रिलायन्स स्पिनिङ मिल्स३०
कुमारी बैंक२.१०
सिटिजन्स बैंक४
सिद्धार्थ बैंक२०
विकास हाइड्रोपावर१०.५२
गुराँस लघुवित्त१०
मिड सोलु हाइड्रोपावर१५.७८
सानिमा मिडल तमोर हाइड्रोपावर५.२६
मितेरी डेभलपमेन्ट बैंक११
ग्लोबल आइएमई लघुवित्त९.५०
सिक्लेस हाइड्रोपावर१३.३७
एनएमबि बैंक७
कुथेली बुखरी स्मल हाइड्रोपावर१८.९४
मञ्जुश्री फाइनान्स२०
स्रोत : नेप्से

म्युचुअल फण्डतर्फ सबैभन्दा धेरै हिमालयन ८०-२० ले इकाईधनीलाई १५ प्रतिशत प्रतिफल वितरण गरेको छ।

यस्तै, प्रभु सेलेक्ट फण्ड, प्रभु स्मार्ट फण्ड र ग्लोबल आइएमई ब्यालेन्सड फण्ड-१ ले इकाईधनीलाई १२/१२ प्रतिशत प्रतिफल घोषणा गरेका छन्।

सेयरधनीलाई प्रतिफल वितरण गर्ने म्युचुअल फण्ड

म्युचुअल फण्डलाभांश प्रतिशत
सनराइज फोकस्ड इक्विटी फण्ड४.५
प्रभु सेलेक्ट फण्ड१२
प्रभु स्मार्ट फण्ड१२
सानिमा ग्रोथ फण्ड५
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२८
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३१०
एनएमबि फिप्टि३.१५
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२१०
एनएमबि हाइब्रिड फण्ड एल-२४.५
रिलायबल समृद्धि योजना८.४२
कुमारी इक्विटी फण्ड१०
कुमारी धनवृद्धि योजना१०
कुमारी सबल योजना२.९
एमबीएल इक्विटी फण्ड८
एनएमबि सरल बचत फण्ड इ५.२५
कुमारी सुनौलो लगानी योजना१०.५
सिद्धार्थ व्यवस्थित लगानी योजना३
सिटिजन्स सुपर ३० म्युचुअल फण्ड५.२५
ग्लोबल आइएमई ब्यालेन्सड फण्ड-११२
नबिल ब्यालेन्सड फण्ड-२३.५
नबिल ब्यालेन्सड फण्ड-३२.५
हिमालयन ८०-२०१५
मुक्तिनाथ म्युचुअल फण्ड-१२.२
आरबिबि म्युचुअल फण्ड १२.७५
आरबिबि म्युचुअल फण्ड-२६.
स्रोत : नेप्से