प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्धका उजुरीबारे संसदीय सुनुवाइ समितिले माग्यो विवरण

बिजमाण्डू
२०८३ असोज २६ गते १२:०१ | Oct 12, 2026
प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्धका उजुरीबारे संसदीय सुनुवाइ समितिले माग्यो विवरण


काठमाडौं। साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्धका उजुरीमाथि संसदीय सुनुवाइ समितिले आवश्यक विवरण माग्ने निर्णय गरेको छ।

GBIME
Tata

विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतविरुद्धका विभिन्न ७ वटा उजुरीमाथि सोमबार छलफलपछि समितिले सुनारविरुद्धका उजुरीबारे सम्बन्धित निकायसँग विवरण माग्ने निर्णय गरेको हो। सुनारविरुद्ध यौन हिंसामाको मुद्दामा प्रहरीमा मिलापत्र गरेको र जर्मनीबाट डिपोर्ट भएको भनेर उजुरी परेको थियो।

समितिले भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको पनि सोमबार नै सुनुवाइ गर्दैछ। मन्त्रिपरिषद्‍को असोज २ गतेको बैठकले भारतमा निश्चलनाथ पाण्डे, चीनमा डा. कल्याणराज शर्मा, अमेरिकामा चिरनजंग थापा, बेलायतमा गौरवशमशेर राणा लगायत विभिन्न १३ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको थियो।