काठमाडौं। साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्धका उजुरीमाथि संसदीय सुनुवाइ समितिले आवश्यक विवरण माग्ने निर्णय गरेको छ।
विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतविरुद्धका विभिन्न ७ वटा उजुरीमाथि सोमबार छलफलपछि समितिले सुनारविरुद्धका उजुरीबारे सम्बन्धित निकायसँग विवरण माग्ने निर्णय गरेको हो। सुनारविरुद्ध यौन हिंसामाको मुद्दामा प्रहरीमा मिलापत्र गरेको र जर्मनीबाट डिपोर्ट भएको भनेर उजुरी परेको थियो।
समितिले भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको पनि सोमबार नै सुनुवाइ गर्दैछ। मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले भारतमा निश्चलनाथ पाण्डे, चीनमा डा. कल्याणराज शर्मा, अमेरिकामा चिरनजंग थापा, बेलायतमा गौरवशमशेर राणा लगायत विभिन्न १३ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको थियो।