सुपरमाई हाइड्रोपावरले बैंक ऋण चुक्ताका लागि हकप्रद सेयर निष्कासन गर्न पायो पूर्वस्वीकृति

बिजमाण्डू
२०८३ असोज २६ गते ११:१४ | Oct 12, 2026
सुपरमाई हाइड्रोपावरले बैंक ऋण चुक्ताका लागि हकप्रद सेयर निष्कासन गर्न पायो पूर्वस्वीकृति


काठमाडौं। सुपरमाई हाइड्रोपावर कम्पनीलाई १:०.९२ को अनुपातमा हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगले पूर्वस्वीकृति दिएको छ।

GBIME
Tata

कम्पनीले ११औं वार्षिक साधारण सभाबाट १:१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेकामा आयोगले कम्पनीले त्यसमा केही कटौती गरेको हो।

कम्पनीको चुक्ता पुँजी हाल ६४ करोड २० लाख रुपैयाँ रहेकामा आयोगले ५९ करोड ४० लाख रुपैयाँ बराबरको ५९ लाख ४९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ।

कम्पनीले इलाममा अवस्थित ७.८ मेगावाटको सुपरमाइ जलविद्युत आयोजना बनाउन लिएको नबिल बैंकको ५९ करोड ४० लाख ऋण चुक्ता र मेसिनरी उपकरण मर्मत सम्भारमा ४ करोड ८० लाख रुपैयाँ जुटाउन हकप्रद सेयर निष्कासनको पूर्व स्वीकृति माग गर्दै गत चैत १८ गते आयोगमा निवेदन दिएको थियो।

तर, आयोगले मेसिनरी उपकरण मर्मत सम्भारका लागि रकम जुटाउन हकप्रद सेयर जारी गर्न दिने अभ्यास नरहेको भन्दै बैंक ऋण चुक्ताका लागि मात्र हकप्रद निकाल्न पूर्वस्वीकृति दिएको हो।