विराटनगर। सेन्चुरी ग्रुप अन्तर्गतको दुगड स्पाइसेसले सेन्चुरी ब्रान्डका मसलालाई एअरटाइट जारमा पनि उत्पादन गर्न थालेको छ। कम्पनीले मसलाको गुणस्तर र ताजापन लामो समयसम्म कायम राख्ने उद्देश्यले नयाँ एअरटाइट प्याकेजिङमा सार्वजनिक गरेको हो ।
दुगड स्पाइसेसले नयाँ एयरटाइट जारले मसलाको सुगन्ध र गुणस्तरलाई लामो समयसम्म सुरक्षित राख्न मद्दत गर्ने जनाएको छ। जारको डिजाइन आकर्षक र बलियो भएको हुँदा मसला सकिएपछि घरायसी प्रयोजनका लागि पुनः प्रयोग गर्न सकिने छ।
हावा नपस्ने जारमा भएको मसला प्रयोगकर्ताले सजिलै प्रयोग गर्न सकून् भन्ने उद्देश्यले एक चम्चा पनि समावेश गरिएको कम्पनीले जनाएको छ। कम्पनीले नयाँ प्याकिङमा मसला ल्याएसँगै प्रत्येक जार खरिद गर्दा १५ प्रतिशत अतिरिक्त मसला निःशुल्क उपलब्ध गराउने अफर पनि दिएको छ।
सन् १९९७ देखि उत्पादन सुरु भएको सेन्चुरी मसला अमेरिका, युरोप, अस्ट्रेलिया, जापान, मध्यपूर्व लगायतका ३० भन्दा बढी मुलुकमा निर्यात भइरहेको छ।









