सांसदको उजुरीपछि पक्राउ परेका दुर्गा प्रसाइँलाई २ लाख धरौटीमा छोड्न अदालतको आदेश

बिजमाण्डू
२०८३ असोज २० गते १७:०० | Oct 6, 2026
सांसदको उजुरीपछि पक्राउ परेका दुर्गा प्रसाइँलाई २ लाख धरौटीमा छोड्न अदालतको आदेश


काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाको उजुरीका आधारमा पक्राउ परेका मेडिकल व्यापारी दुर्गा प्रसाइँलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

GBIME
Tata

जिल्ला अदालत काठमाडौंका न्यायाधीश उमेशप्रसाद लुइँटेलको एकल इजलासले प्रसाइँलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको हो।

आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सांसद खतिवडाले उजुरी दिएपछि नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाइँलाई असोज १२ गते पक्राउ गरेको थियो। प्रहरीले प्रसाइँविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसूर गरेको आरोपमा मुद्दा चलाएको थियो।

प्रसाइँ विवादित अभिव्यक्तिका कारण पक्राउ पर्दै छुटै आएका छन्।