बियरिस बजारमा धमाधम सेयर किन्दै म्युचुअल फण्ड, लगानी ६०.१० अर्ब, वित्तीय अवस्था कुनको कस्तो?



सुनिल कुँवर
२०८३ भदौ २१ गते १९:३५ | Sep 6, 2026
बियरिस बजारमा धमाधम सेयर किन्दै म्युचुअल फण्ड, लगानी ६०.१० अर्ब, वित्तीय अवस्था कुनको कस्तो?


काठमाडौं। सेयर बजार ओरालो लागेर अधिकांश लगानीकर्ता तनावमा रहँदा सामूहिक लगानी कोष (म्युचुअल फण्ड)ले भने लगानी बढाएका छन्।

Vigo
GBIME
Tata

म्युचुअल फण्डले पछिल्लो १ महिनामा १ अर्ब १ करोड रुपैयाँ लगानी बढाएका हुन्। चालु आर्थिक वर्ष २०८३/८४ साउन मसान्तसम्म बजारमा म्युचुअल फण्डको लगानी लगानी ६० अर्ब १० करोड २६ लाख रुपैयाँ पुगेको छ। यो रकम असार मसान्तसम्मको तुलनामा १.७२ प्रतिशत धेरै हो।

म्युचुअल फण्डले गत असारसम्म ५९ अर्ब ८ करोड रुपैयाँ सेयर बजारमा लगानी गरेका थिए।

बैंकहरुमा तरलता थुप्रिएपछि लगातार तीन वर्षदेखि ब्याजदर घटिरहेको छ। ऋणकै ब्याजदर ६ प्रतिशतमा आउँदा निक्षेपको ब्याजदर २.७५ प्रतिशतमा सीमित छ।

बैंकमा राखेको पैसाले लागतसमेत धान्न नसक्ने देखिएपछि संस्थागत लगानीकर्ताको रुपमा रहेका म्युचुअल फण्डले बजारमा लगानी बढाएका हुन्। वित्तीय विवरण सार्वजनिक गरेका खुला र बन्दमुखी ५० वटा म्युचुअल फण्ड मध्ये ३१ वटाले साउनमा सेयर बजारमा लगानी बढाएका छन्।

बजारमा एनआइबिएल सहभागिता फण्डको लगानी सबैभन्दा धेरै ८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। साउनमा सबैभन्दा धेरै सानिमा इक्विटी फण्ड-२ ले १०६.९७ प्रतिशतले लगानी बढाएको छ। सेयर बजारमा सानिमा इक्विटी फण्ड-२ ले आफ्नो लगानी १० करोड ४५ लाख रुपैयाँ पुर्‍याएको छ।

१९ वटा फण्डले भने बजारमा लगानी घटाएका छन्। एनएमबि फिप्टीले सबैभन्दा धेरै ५०.६८ प्रतिशतले लगानी घटाएको छ। असारसम्म सेयर बजारमा एनएमबि फिप्टीले ७० करोड ४१ लाख रुपैयाँ लगानी गरेकामा साउनमा आइपुग्दा ३४ करोड ७२ लाख रुपैयाँमा सीमित गरेको छ।

सूचीकृत कम्पनीको सेयरमा म्युचुअल फण्डको लगानी रकम

म्युचुअल फण्डसेयरमा लगानी २०८३ साउनसम्म (रुपैयाँ)सेयरमा लगानी २०८३ असारसम्म (रुपैयाँ)फरक %
एनआईबिएल सहभागिता फण्ड८,९०,२९,९८,६०३८,७३,६२,५९,७१६१.९१
एनएमबि सरल बचत फण्ड-इ४,५०,१३,६३,५२९४,३९,५८,९०,०३९२.४०
सिद्वार्थ व्यवस्थित लगानी योजना२,९५,९८,०२,७७१२,७९,२०,०८,८३८६.०१
एचएलआई लार्ज क्याप फण्ड२,४८,७०,९८,६८८२,४६,०८,७६,७८०१.०७
नबिल फ्लेक्सी क्याप फण्ड२,१३,३९,४८,१३४२,१६,०६,४८,४२०-१.२४
प्रभु सेलेक्ट फण्ड१,५०,१३,७६,०१८१,५५,२५,०८,०१८-३.२९
नेपाल लाइफ समद्धि लगानी योजना१,४५,३३,५६,८६६१,४२,६९,९६,३४११.८५
प्रभु स्मार्ट फण्ड१,३५,६०,४०,५४०१,३८,९९,१९,०६५-२.४४
ग्लोबल आइएमई समुन्नत योजना-२१,२८,१४,५९,४१४१,२६,५९,२०,८४११.२३
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२१,२७,०८,१२,१८११,२६,१८,८६,८१३०.७१
एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड१,२७,०३,०२,३३८१,२१,१२,८५,०८५४.८७
कुमारी धनबृद्धि योजना१,२४,५९,५१,८३११,२९,२३,७९,७९०-३.५९
एनआईबिएल समृद्धि फण्ड-२१,२३,४१,९१,०३४१,२१,३२,३१,२०२१.७३
मुक्तिनाथ म्युचुअल फण्ड-११,१८,११,१७,३४१.२०१,१०,१०,७३,६२०७.२७
कुमारी सुनौलो लगानी योजना१,१६,८७,१३,५९३१,१५,५८,८०,२३७१.११
सिटिजन्स सन्तुलित योजना१,१५,७०,७०,४६१९२,७३,३३,१४७२४.७७
सिद्धार्थ इक्विटी फण्ड१,१५,२९,८८,४९३१,२२,५९,३६,०७२-५.९५
रिलायबल समृद्धि योजना१,१४,२७,०२,८२७१,१२,९२,४३,८५५१.१९
मेगा म्युचअल फण्ड-११,०९,६१,७९,४८११,०,७९९,९५,४१६१.५०
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२१,०७,९९,५१,०३६१,१०,७३,७३,८२७-२.४८
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-११,०७,४५,६५,६८०१,०८,४६,९०,७११-०.९३
आरबीबी म्युचुअल फण्ड-११,०५,३१,९१,४९८१,०७,२२,४५,०२४-१.७८
एनआईबिएल ग्रोथ फण्ड१,०५२,०२६,७५४१,०३,८९,३६,४६४१.२६
आरबीबी फोकस-४०१,०४,५२,३२,७५७१,०२,८५,७७,८०८१.६२
एनआईसी एशिया सेलेक्ट-३० (इन्डेक्स फण्ड)१,०४,०८,३७,९९६१,०४७,७६९,३३१-०.६६
नबिल ब्यालेन्स्ड फण्ड-३१,०२७,३१३,६३३१,०३,९५,८७,८४३-१.१८
एमबीएल इक्विटी फण्ड८९,४८,३२,४५७.५०८६,४४,९२,८१५३.५१
कुमारी इक्विटी फण्ड८८,०७,३६,५२७९१,११,६४,२८१-३.३४
एनआईसी एशिया ग्रोथ फण्ड-२८६,३५,५३,७१०८४,९३,७०,६८०१.६७
एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड८२,५९,९३,६११८१,७०,३४,८२३१.१०
नबिल ब्यालेन्स्ड फण्ड-२८२,४२,५७,५०३८३,७०,०१,६१४-१.५२
सानिमा लार्ज क्याप फण्ड७९,२९,२३,६६६९,५१५,९३,१७४-१६.६७
आरबीबी म्युचुअल फण्ड-२७९,२४,६८,३५९८०,८८,१९,३३९-२.०२
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३७५,१७,९९,७८०७७,१५,८८,३७८-२.५६
हिमालयन ८०-२०७५,०७,९५,५९६६९,५६,३७,४६५७.९३
कुमारी सबल योजना७०,८४,४६,९४७७०,९८,५३,०१२-०.२०
सिटिजन्स सदाबहार योजना (खुलामुखी)६७,८२,०७,२२१४८,७४,५३,९६०३९.१३
सिटिजन्स सुपर-३० ६७,३१,७५,८२४५८,३८,७५,९७९१५.२९
एलएस होराइजन-१२५४,१०,४९,०००४०,०४,६२,७७७३५.११
सानिमा ग्रोथ फण्ड५१,७४,५७,७१७५५,३०,८०,१३३-६.४४
लक्ष्मी उन्नति कोष५१,२२,५१,९३३५१,०६,९२,१९८०.३१
सिद्धार्थ इक्विटी फण्ड-२४७,२१,०८,२५२३२,४४,६८,९३०४५.५०
एनआईसी एशिया ब्यालेन्स्ड फण्ड४६,७८,२६,६५१४५,७८,३१,८५८२.१८
प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम४३,५१,१७,०३४४१,९१,९४,४८८३.८०
रिलायबल समृद्धि योजना-२४०,१७,१९,५३४२३,६२,१५,४३२७०.०६
सानिमा फ्लेक्सी फण्ड (खुलामुखी योजना)३४,७४,९७,०५३३८,६५,५०,५२४-१०.१०
एनएमबि फिफ्टी३४,७२,८२,८९८.१०७०,४१,८९,९१९.८६-५०.६८
एनआई-३१३२,४५,१७,२१७२६,२९,३१,५३५२३.४२
माछापुच्छ्रे एसआइपी योजना३२,३५,४३,५४४.३०२९,४३,८९,३८३.७०९.९०
सानिमा इक्विटी फण्ड-२ (बन्दमुखी योजना)१०,४५,०५,६२७५,०४,९२,५१८१०६.९७
कुल६०,१०,२६,६१,१६१५९,०८,६८,३९,५२४१.७२
स्रोत : व्यवस्थापकले प्रकाशित गरेको ब्यालेन्स सिट

ब्याजदर घटेका कारण अधिकांश म्युचुअल फण्डले मुद्दती निक्षेपमा लगानी शून्य बनाएका छन्। मुद्दतीमा राखेको रकम झिकेर म्युचुअल फण्डले सेयर बजारमा लगानी बढाएको विवरणले देखाएको छ।

म्युचुअल फण्डले बजार लगातार ओरालो लाग्दा समेत सेयरमा लगानी बढाइरहेका हुन्। बजार अहिले २५४२ अंकमा आएको छ। साउनमा २७३४ विन्दुमा पुगेको नेप्से परिसूचक फेरि ओरालो लागिरहेको छ।

म्युचुअल फण्ड व्यवस्थापक मर्चेन्ट बैंकरहरुका अनुसार लगानीको नयाँ ठाउँ नभएपछि सेयर बजारमा लगानी बढाइएको हो। संस्थागत लगानीकर्ताका रुपमा हरेका म्युचुअल फण्डले लगानी बढाए पनि बजार भने बढ्न सकेको छैन।

चैत दोस्रो साता राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि उद्योगी व्यवसायीमाथि भएको धरपकडले निजी क्षेत्र त्रसित बनेका कारण सेयर बजार निरन्तर ओरालो लागिरहेको हो।

म्युचुअल फण्डले बैंकमा मौज्दात पनि बढाएका छन्। मौज्दात रकम साउनसम्म १२ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो महिनाको तुलनामा ९ प्रतिशत धेरै हो। म्युचुअल फण्डको असार मसान्तसम्म बैंक मौज्दात ११ अर्ब ८३ करोड रुपैयाँ थियो।

म्युचुअल फण्डबैंक मौज्दात २०८३ साउनसम्म(रुपैयाँ)बैंक मौज्दात २०८३ असारसम्म (रुपैयाँ)फरक %२०८३ साउनको न्याभ (रुपैयाँ)२०८३ असारको न्याभ (रुपैयाँ)फरक रकम (रुपैयाँ)
एनआईबिएल सहभागिता फण्ड१,३९,४९,६१,४७६१,०,५९७,८१,२२३३२१०.१६१०.०३०.१३
सानिमा इक्विटी फण्ड-२ (बन्दमुखी योजना)१,०२,४८,८०,९७३१,०८,४४,५०,९४२-५९.९४९.९५-०.०१
एचएलआई लार्ज क्याप फण्ड९६,३८,२४,९०७९४,०२,२९,१२६८.६९८.७३-०.०४
एनएमबि फिफ्टी८२,२२,७८,५६२३४,१२४२,०१८१४११०.४२१०.४५-०.०३
सिद्धार्थ इक्विटी फण्ड-२७७,३६,२९,०५२९१,३७,७८,७३९-१५९.९५९.८८०.०७
एलएस होराइजन- १२७५,९६,५३,७६९१,०९,६८,८८,१९६-३१९.९९९.९७०.०२
रिलायबल समृद्धि योजना-२७४,०९,३५,९६२९०,९१,८१,८६०-१९९.९९९.९७०.०२
नबिल फ्लेक्सी क्याप फण्ड५१,६१,६१,१५३२९,९४,६६,६७५७२१०.३२१०.२१०.११
नेपाल लाइफ समद्धि लगानी योजना४९,५१,०६,८९६५०,७९,११,०१२-३९.७५९.६७०.०८
एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड४१,८६,०८,३५६३८,३०,६१,१६६९.९६९.९४०.०२
एनएमबि सरल बचत फण्ड-इ४०,३१,३६,५६३३३,७६,५६,६६३१९१०.१११०.५९-०.४८
सिद्धार्थ इक्विटी फण्ड३६,०४,३७,०६८२४,०८,८६,१४४५०१०.३८१०.३६०.०२
सिद्वार्थ व्यवस्थित लगानी योजना३५,४३,३२,१२५२७,१२,९९,०६९३११०.६२१०.६९-०.०७
हिमालयन ८०-२०३०,१४,६८,२००३०,४२,९६,२५५-११२.५४१२.३७०.१७
एमबीएल इक्विटी फण्ड२७,७३,८२,२४९२८,८४,५१,७८२-४१०.९३१०.८५०.०८
सानिमा लार्ज क्याप फण्ड२३,२९,०२,७४४३,८९,०८,२४३४९९१०.१४१०.०८०.०६
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२२०,७८,५८,०९११५,९२,१५,७७१३११०.९५१०.८५०.१
आरबीबी फोकस- ४०२०,५३,७३,७७८२०,७४,२४,७८६-११०.०७९.९५०.१२
एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड१८,०३,४४,२४२१७,२४,१५,५४९१०.०७१०.०९-०.०२
नबिल ब्यालेन्स्ड फण्ड-२१७,६३,४३,२२०१५,५८,२७,८५४१३१०.३०१०.३७-०.०७
रिलायबल समृद्धि योजना१७,३४,०६,२१७१५,४५,१७,०४६१२११.३३११.१६०.१७
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३१७,०५,३६,१७०१३,४९,९०,९८१२६११.५५११.४४०.११
लक्ष्मी उन्नति कोष१४,४३,८२,४८७१४,२९,९३,०१७१०.२२१०.१८०.०४
एनआईसी एशिया सेलेक्ट-३० (इन्डेक्स फण्ड)१४,२१,५९,२२७१३,३८,८२,९८९९.४८९.५५-०.०७
कुमारी सुनौलो लगानी योजना१४,१७,९९,७२४५२,८०७,९४८१६९११.१७११.६५-०.४८
आरबीबी म्युचुअल फण्ड-११०,७७,३७,६१८७,६०,७१,६५९४२१०.३११०.२७०.०४
कुमारी धनबृद्धि योजना९,९३,७५,०१६७,३८,६०,६८२३५१२.०२१२.२६-०.२४
आरबीबी म्युचुअल फण्ड-२९,७१,७३,३३६७,२१,२१,७०७३५१०.९०१०.८९०.०२
एनआई-३१९,६५,७३,८५७१०,८३,९७,५२४-१११०.२४१०.१३०.११
नबिल ब्यालेन्स्ड फण्ड-३८,९७,८८,५५२६,२९,६४,६९४४३१०.२५१०.२६-०.०१
माछापुच्छ्रे एसआइपी योजना८,५०,९१,९७१.९२११,२०,७६,९९७.८२-२४११.६८११.२९०.३९
सिटिजन्स सुपर- ३० ८,०९,३४,०४८११,०७,४२,६९५-२७१०.६०१०.५३०.०७
मुक्तिनाथ म्युचुअल फण्ड-१८,०६,७१,६७५१०,२७,९५,७०५-२२१०.४३१०.२२०.२१
मेगा म्युचुअल फण्ड-१७,९५,७२,६५८९,०८,२१,६५४-१२९.५६९.४८०.०८
सानिमा फ्लेक्सी फण्ड (खुलामुखी योजना)७,८७,५४,२७७३,२९,०१,३२७१३९१०.३७१०.२९०.०८
सानिमा ग्रोथ फण्ड७,८२,०४,४१७२,८८,३२,०३२१७११०.५८१०.५४०.०४
कुमारी इक्विटी फण्ड७,७०,१४,८६२६,९२,९६,४१३११११.२३११.४४-०.२१
एनआईसी एशिया ब्यालेन्स्ड फण्ड७,१३,३९,४५८५,२९,४५,०९३३५१०.१११०.१३-०.०२
प्रभु सेलेक्ट फण्ड७,०८,२८,१०७१,३२,१६,४२८४३६१३.०९१३.०४०.०५
एनआईबिएल ग्रोथ फण्ड६,६२,८३,१२२७,२२,७३,८९६-८९.८६९.७६०.१
एनआईबिएल समृद्धि फण्ड-२५,३८,८३,०७३५,५६,७९,४०५-३९.८५९.७५०.१
एनआईसी एशिया ग्रोथ फण्ड-२४,७६,६३,९८५४,८९,८०,४८६-३१०.०९१०.१२-०.०३
सिटिजन्स सदाबहार योजना (खुलामुखी)४,५९,७९,०६५१८,२७,२१,९७५-७५१०.१०९.९७०.१३
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२४,४६,४१,५५६२९,२०८,६१८५३११.६९११.६६०.०३
कुमारी सबल योजना४,३७,४४,१६७३,९६,५०,५२०१०१०.३२१०.२९०.०३
प्रभु स्मार्ट फण्ड३,६१,४४,६२८४८,३६,९६४६४७१३.९३१४.०३-०.१
प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम६५,८७,६१८१,११,२१,०९८-४११०.८५१०.५७०.२८
सिटिजन्स सन्तुलित योजना२८,५५,५७४४,८८,५७,२३२-९४९.४८९.३४०.१४
ग्लोबल आइएमई समुन्नत योजना-२१०.०७९.९३०.१४
ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१११.७२११.७८-०.०६
कुल१२,९२,२७,४५,८५७११,८३,१९,३९,८६४
स्रोत : व्यवस्थापकले प्रकाशित गरेको ब्यालेन्स सिट

एनआइबिएल सहभागिता फण्डको बैंक मौज्दात सबैभन्दा धेरै १ अर्ब ३९ करोड रुपैयाँ छ। प्रभु स्मार्ट फण्डले बैंक मौज्दात सबैभन्दा धेरै ६४७ प्रतिशतले वृद्धि गरेर ४८ लाखबाट ३ करोड ६१ लाख रुपैयाँ पुर्‍याएको छ। ३० वटा म्युचुअल फण्डले बैंक मौज्दात बढाउँदा १९ वटाले भने घटाएका छन्।

साउनमा ३४ वटा म्युचुअल फण्डको सम्पत्तिको मूल्य बढेको छ। १६ वटाको भने घटेको छ। न्याभ प्रभु स्मार्ट फण्डको सबैभन्दा धेरै १३.९३ र प्रभु सेलेक्ट फण्डको १३.०९ रुपैयाँ छ।