अमेरिकी डलरसँगै युरो र पाउण्ड घट्दा सुनको मूल्य पनि प्रभावित, आज यस्तो छ विनिमय दर



बिजमाण्डू
२०८३ भदौ १३ गते ०७:४८ | Aug 29, 2026
अमेरिकी डलरसँगै युरो र पाउण्ड घट्दा सुनको मूल्य पनि प्रभावित, आज यस्तो छ विनिमय दर


काठमाडौं। अमेरिकी डलरसँगै युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउ अघिल्लो दिनका तुलनामा घटेको छ। सँगै सुनचाँदीको मूल्यमा पनि प्रभावित भएको छ।

Vigo
GBIME
Tata

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ ३१ पैसा र बिक्री दर १५२ रुपैयाँ ९१ पैसा भएको छ। शुक्रबार खरिद दर १५२ रुपैयाँ ५७ पैसा र बिक्री दर १५३ रुपैयाँ १७ पैसा पुगेको थियो।

सुनको मूल्य पनि घटेको छ। अन्तर्राष्ट्रिय बजारमा २४ घण्टामा सुनको कारोबार मूल्य १५५.२२ डलरको गिरावटसँगै प्रति औंस ४५५५.४३ डलर भएको छ। चाँदी ३.१२ डलर सस्तिँदै ६६.६८ डलर प्रति औंसले कारोबार भइरहेको छ।

युरोपियन युरोको खरिद दर १७७ रुपैयाँ ३० पैसा र बिक्री दर १७७ रुपैयाँ ९९ पैसा भएको छ। शुक्रबार खरिद दर १७७ रुपैयाँ ५८ पैसा र बिक्री दर १७८ रुपैयाँ २८ पैसा थियो।

पाउण्ड स्टर्लिङको खरिद दर २०६ रुपैयाँ ८८ पैसा र बिक्री दर २०७ रुपैयाँ ६९ पैसा कायम भएको छ। शुक्रबार खरिद दर २०७ रुपैयाँ ९ पैसा र बिक्री दर २०७ रुपैयाँ ९१ पैसा थियो।

स्वीस फ्रयांक, क्यानेडियन डलर बढेको छ भने सिंगापुर डलर, जापानी येन, चिनियाँ युआन, थाइ भाट, खाडी मुलुकका मुद्राहरु घटेका छन्।

स्वीस फ्रयांकको खरिद दर १८९ रुपैयाँ ४० पैसा र बिक्री दर १९० रुपैयाँ १५ पैसा भएको छ। शुक्रबार खरिद दर १८९ रुपैयाँ २९ पैसा र बिक्री दर १९० रुपैयाँ ४ पैसा थियो।

यस्तो छ आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर१५२.३११५२.९१
युरोपियन युरो१७७.३०१७७.९९
पाउण्ड स्टर्लिङ२०६.८८२०७.६९
स्वीस फ्रयांक१८९.४०१९०.१५
अष्ट्रेलियन डलर१०९.६२११०.०५
क्यानेडियन डलर१०९.९०११०.३४
सिंगापुर डलर११९.८४१२०.३१
जापानी येन१०९.५४९.५८
चिनियाँ युआन२२.६६२२.७५
साउदी रियाल४०.५७४०.७३
कतारी रियाल४१.७८४१.९५
थाइ भाट४.६२४.६४
यूएई दिराम४१.४७४१.६३
मलेसियन रिंगिट३७.८३३७.९८
साउथ कोरियन वोन१००११.१०११.१४
स्वीडिश क्रोनर१५.९९१६.०५
डेनिश क्रोनर२३.७२२३.८१
हङकङ डलर१९.४३१९.५०
कुवेती दिनार४९६.३७४९८.३२
बहरेन दिनार४०४.००४०५.५९
ओमानी रियाल३९५.६३३९७.१८
स्रोत : नेपाल राष्ट्र बैंक