सानिमा बैंकले घोषणा गर्‍यो नगद लाभांश, नियमित सेयरधनीलाई १० प्रतिशत नगद प्रस्ताव



बिजमाण्डू
२०८३ भदौ १२ गते १०:०७ | Aug 28, 2026
सानिमा बैंकले घोषणा गर्‍यो नगद लाभांश, नियमित सेयरधनीलाई १० प्रतिशत नगद प्रस्ताव


काठमाडौं। सानिमा बैंकले गत बर्षको नाफाबाट १० प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिएर साधारणसभाबाट पारित गरेपछि प्रस्तावित लाभांश वितरण गर्ने छ।

Vigo
GBIME
Tata

बैंकले १० प्रतिशत नगद लाभांश आफ्ना नियमित सेयरधनीलाई वितरण गर्ने छ। ८.२५ प्रतिशत नगद लाभांश अग्राधिकार सेयर लिएकाहरुले पाउने छन्।

बैंकले नियमित सेयरधनीलाई नगद बापत एक अर्ब ३५ करोड ८१ लाख रुपैयाँ वितरण गर्ने छ। अग्राधिकारवालाहरुले ५ करोड २४ लाख रुपैयाँ पाउने छन्।

बैंकको हाल सेयर पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ छ। अग्राधिकार सेयर पुँजी २ अर्ब रुपैयाँ छ।