काठमाडौं। सानिमा बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिएर साधारणसभाबाट पारित गरेपछि प्रस्तावित लाभांश वितरण गर्नेछ।
बैंकले १० प्रतिशत नगद लाभांश आफ्ना नियमित सेयरधनीलाई वितरण गर्नेछ। ८.२५ प्रतिशत नगद लाभांश अग्राधिकार सेयर लिएकाहरूले पाउने छन्।
बैंकले नियमित सेयरधनीलाई नगद बापत एक अर्ब ३५ करोड ८१ लाख रुपैयाँ वितरण गर्नेछ। अग्राधिकारवालाहरूले ५ करोड २४ लाख रुपैयाँ पाउने छन्।
बैंकको हाल सेयर पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ छ। अग्राधिकार सेयर पुँजी २ अर्ब रुपैयाँ छ।