मुक्तिनाथ र एनआइसी एसियाका दुई वटा म्युचुअल फण्डलाई इकाइ निष्कासनको अनुमति



बिजमाण्डू
२०८३ भदौ ११ गते १६:०१ | Aug 27, 2026
मुक्तिनाथ र एनआइसी एसियाका दुई वटा म्युचुअल फण्डलाई इकाइ निष्कासनको अनुमति


काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दुई वटा सामूहिक लगानी कोष(म्युचुअल फण्ड)को इकाइ निष्कासन स्वीकृत गरेको छ।

Vigo
GBIME
Tata

सेबोनले बुधबार मुक्तिनाथ म्युचुअल फण्ड २ र एनआइसी एसिया इक्विटी अपर्चुनिटी फण्डको सार्वजनिक निष्कासन स्वीकृत गरेको हो।

मुक्तिनाथ म्युचुअल फण्ड २ ले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ निष्कासन गर्दैछ। यस्तै, एनआइसी एसिया इक्विटी अपर्चुनिटी फण्डले ८० करोड रुपैयाँको ८ करोड इकाइ निष्कासन गर्दैछ।

सेबोनले स्वीकृति गरेका दुइवटै बन्दमुखी प्रकृतिका म्युचुअल फण्ड हुन। लगानीकर्ताले सार्वजनिक निष्कासनका साथै इकाइ ब्रिक्री गरेपछि दोस्रो बजारबाट समेत खरिद गर्न सक्नेछन्।