टोयोटाको नयाँ हाइलक्स र र्‍याभ फोर हाइब्रिड ईभी नाइमामा लन्च, मूल्य कति?



बिजमाण्डू
२०८३ साउन २६ गते १३:०२ | Aug 11, 2026
टोयोटाको नयाँ हाइलक्स र र्‍याभ फोर हाइब्रिड ईभी नाइमामा लन्च, मूल्य कति?


काठमाडौं । जापानी अटोमोबाइल ब्राण्ड टोयोटाले नेपाली बजारमा दुई नयाँ मोडल सार्वजनिक गरेको छ। कम्पनीले नयाँ हाइलक्स र नयाँ र्‍याभ फोर हाइब्रिड इलेक्ट्रिक नेपाली बजारमा सार्वजनिक गरेको हो।

Tata
GBIME

नाइमा मोबिलिटी एक्स्पोमा टोयोटाले आफ्नो लोकप्रिय पिकअप हाइलक्सको नयाँ संस्करणसँगै र्‍याभ फोरको हाइब्रिड इलेक्ट्रिक संस्करण सार्वजनिक गरेको हो।

हाइलक्सको मूल्य १ करोड ५५ लाख रुपैयाँ राखिएको छ। यस्तै, र्‍याभ फोरको मूल्य २ करोड १३ लाख रुपैयाँ राखिएको छ।

टोयोटाको लोकप्रिय पिकअप हाइलक्स नयाँ अवतारमा नेपाली बजारमा आएको छ। बलियो निर्माण, अफरोड क्षमता र व्यावसायिक तथा व्यक्तिगत प्रयोगका लागि लोकप्रिय हाइलक्सको नयाँ संस्करणमा डिजाइन, प्रविधि र सुविधामा अपडेट गरिएको छ।

नयाँ र्‍याभफोर मोडलमा २.५ लिटर फोर सिलिण्डर इन्जिन रहेको छ। सेल्फ चार्जिङ हाइब्रिड नामबाट आउने र्‍याभफोरको इन्जिन र इलेक्ट्रीक मोटरको संयुक्त पावर २४० पीएस छ। जुन अहिले बजारमा रहेको र्याभफोरको तुलनमा १८ पीएसले बढी हो। सेल्फ चार्जिङ मोडलमा ब्याट्री भने १.५ किलोवाट आवर उपलब्ध हुनेछ।