वाणिज्य विभागले २ फर्मलाई तिरायो जरिबाना, ९ फर्मलाई ग्यास वितरण व्यवस्थित गर्न निर्देशन



बिजमाण्डू
२०८३ साउन २५ गते १८:१५ | Aug 10, 2026
वाणिज्य विभागले २ फर्मलाई तिरायो जरिबाना, ९ फर्मलाई ग्यास वितरण व्यवस्थित गर्न निर्देशन


काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा फर्मलाई जरिबाना गरेको छ।

Tata
GBIME

विभागले ललितपुरको चांगाथलीस्थित धृती सप्लायर्स र काठमाडौंको गोकर्णेश्वरस्थित सकेन घरायसी पसललाई ५/५ हजार जरिबाना गरेको हो।

खरिद बिल नभएकोले कारबाही गरेको विभागले जनाएको छ।

विभागले भानु ग्यास उद्योगलाई क्रम अनुसार ग्यासको सहजरुपमा बिक्री वितरण गर्न निर्देशन दिएको छ। यसबाहेक काठमाडौं र ललितपुरका अन्य ८ वटा फर्मलाई पनि घरायसी उपभोक्तालाई प्राथमिकता दिइ ग्यास बिक्री गर्न भनेको विभागले जनाएको छ।