रविले बालेनलाई भेटेरै सुनाए सरकारप्रतिको असन्तुष्टि, नियुक्ति र मन्त्री हरेफेरबारे छलफल



बिजमाण्डू
२०८३ साउन २५ गते ०८:०५ | Aug 10, 2026
रविले बालेनलाई भेटेरै सुनाए सरकारप्रतिको असन्तुष्टि, नियुक्ति र मन्त्री हरेफेरबारे छलफल
फाइल तस्बिर।


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सरकार सञ्चालनबारे करिब एक घण्टा छलफल भएको छ।

Tata
GBIME

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति १० बजे शाह र लामिछानेबीच सरकारको कामलाई लिएर छलफल भएको हो।

‘सरकारले राम्ररी काम गर्न सकेन भन्ने कुरा भएको छ। कसरी राम्रो बनाउने भन्ने कुरा हो,’ शाहको सचिवालयका एक सदस्यले भने।

उनका अनुसार सरकारका मन्त्री फेरेरै भए पनि जनताले महसुस गर्नेगरी काम गर्नुपर्ने धारणा लामिछानेले राखेका थिए।

शाहले बालुवाटारमा राजनीतिक भेटवार्ता गर्ने गरेका थिएनन्। तर, लामिछानेले हिजै बालुवाटारमा राति भेट्न खोजेपछि कुराकानी भएको हो।

पछिल्लो समय रास्वपाका सांसदहरूले सरकारप्रति चर्को आक्रोश व्यक्त गरिरहेका छन्। लामिछानेले पनि सरकारले बाटो बिराउन खोजे पार्टीले सच्याउने बताएका थिए।

सरकारमाथि भइरहेको आलोचनाबारे शाहले लामिछानेसँग चासो राखेका थिए। शाह र लामिछानेबीच विभिन्न निकायका नियुक्तिका बारेमा समेत छलफल भएको छ।