काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा फर्मलाई जरिबाना गरेको छ।
विभागले ललितपुरको चांगाथलीस्थित धृती सप्लायर्स र काठमाडौंको गोकर्णेश्वरस्थित सकेन घरायसी पसललाई ५/५ हजार जरिबाना गरेको हो।
खरिद बिल नभएकोले कारबाही गरेको विभागले जनाएको छ।
विभागले भानु ग्यास उद्योगलाई क्रम अनुसार ग्यासको सहजरुपमा बिक्री वितरण गर्न निर्देशन दिएको छ। यसबाहेक काठमाडौं र ललितपुरका अन्य ८ वटा फर्मलाई पनि घरायसी उपभोक्तालाई प्राथमिकता दिइ ग्यास बिक्री गर्न भनेको विभागले जनाएको छ।