आइपीओको मूल्य अब प्रतिस्पर्धाबाट तय हुने, ‘लगानीकर्ताको माग र बजार संकेतमा आधारित हुन्छ’



बिजमाण्डू
२०८३ साउन २२ गते १२:५२ | Aug 7, 2026
आइपीओको मूल्य अब प्रतिस्पर्धाबाट तय हुने, ‘लगानीकर्ताको माग र बजार संकेतमा आधारित हुन्छ’


काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइपीओको मूल्य अब प्रतिस्पर्धाबाट तय गर्ने भएको छ।

Tata
GBIME

कम्पनीहरुले अहिले अंकित मूल्य १०० रुपैयाँ, प्रिमियम र बुक बिल्डिङ विधिमार्फत सेयर बिक्री गर्दै आएकामा अब प्रतिस्पर्धाबाट तय गर्ने भएको हो।

बुक बिल्डिङ विधि मूल्य निर्धारणको प्रतिस्पर्धी विधि हो। सेबोनले यसैलाई सुधार गरेर व्यापक बनाउने योजना बनाएको छ।

‘आइपीओ मूल्य निर्धारणलाई कम्पनीको वास्तविक मूल्य, लगानीकर्ताको माग तथा बजार संकेतहरूमा आधारित बनाउँदै बुक बिल्डिङ लगायत वैज्ञानिक मूल्य निर्धारण प्रणालीलाई क्रमिक रूपमा सुदृढ गरिनेछ,’ सेबोनले श्‍वेतपत्रमार्फत भनेको छ।

आइपीओमा जाने कम्पनीको मूल्य बुक बिल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्ताले निर्धारण गर्छन्। कम्पनीले आह्वान गरेको बोलकबोलमा संस्थागत लगानीकर्ताले प्रस्ताव गरेको खरिद मूल्यका आधारमा कटअफ मूल्य निर्धारण गरेर सर्वसाधारणलाई निष्कासन गरिन्छ।

‘योग्य संस्थागत खरिदकर्ता, म्युचुअल फण्ड, पेन्सन फण्ड, बीमा कम्पनी, एंकर इन्भेष्टर तथा अन्य दीर्घकालीन संस्थागत लगानीकर्ताको प्रभावकारी सहभागिता सुनिश्चित गरी बजारको गहिराइ तथा मूल्य अन्वेषण क्षमता अभिवृद्धि गरिनेछ,’ सेबोनले भनेको छ।