चितवन। मुग्लिन-नारायणगढ सडकखण्डमा बुधबार बिहान पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार सडकखण्डको सीएच २४+६५० क्षेत्रमा पहिरो खसेपछि सवारी आवागमन ठप्प बनेको हो।
सडक खुलाउन डिभिजनको उपकरण तत्काल परिचालन गरिएको छ। एक घण्टाभित्र सडक संचालनमा ल्याउने गरी पहिरो हटाउने काम तीव्र गतिमा भइरहेको छ।
सडक डिभिजनले अत्यावश्यकबाहेक यात्रा नगर्न र सम्बन्धित निकायको पछिल्लो सूचना हेरेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। मनसुनी वर्षाका कारण पहिरोको जोखिम कायम रहेकाले चालकलाई विशेष सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।









