भूमि प्रशासन कार्यालयका २० सुब्बा र १२ खरिदार गृह मन्त्रालय मातहत सरुवा, को कहाँ?



बिजमाण्डू
२०८३ साउन १९ गते १३:०८ | Aug 4, 2026
भूमि प्रशासन कार्यालयका २० सुब्बा र १२ खरिदार गृह मन्त्रालय मातहत सरुवा, को कहाँ?


काठमाडौं। विभिन्न भूमि प्रशासन कार्यालयमा कार्यरत २० जना नायब सुब्बा र १२ जना खरिदार सरुवामा परेका छन्।

Tata
GBIME

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६८ जना कर्मचारीको सरुवा गर्दा भूमि प्रशासन कार्यालयका २० जना नायब सुब्बा र १२ जना खरिदार पनि परेका हुन्।

मन्त्रालयले १२ जना अधिकृत, १२ जना खरिदार र ४४ जना नायब सुब्बाको सरुवा गरेको छ।

भूमि प्रशासनबाट सरुवामा परेका २० जना नायब सुब्बा र १२ जना खरिदार गृह मन्त्रालय मातहतका कार्यालयमा पुगेका छन्।

शिक्षा मन्त्रालयका ६ जना अधिकृतलाई विज्ञान प्रविधि मन्त्रालयमा पठाइएको छ।