सुनसरीको देवानगञ्ज घटनामा घाइते २२ वर्षीय युवकको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु



बिजमाण्डू
२०८३ साउन १९ गते १२:३० | Aug 4, 2026
सुनसरीको देवानगञ्ज घटनामा घाइते २२ वर्षीय युवकको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु


काठमाडौं। सुनसरी देवानगञ्जको झडप घटनामा घाइते भइ काठमाडौंमा उपचाररत थप एक युवकको मृत्यु भएको छ।

Tata
GBIME

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा २२ वर्षीय रवीन्द्र मेहताको मंगलबार मृत्यु भएको हो। साउन १० गते कप्तानगञ्जमा दुई समूहबीच झडप हुँदा गोली लागेका उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो।

‘साढे १० बजे एक जनाको मृत्यु भएको जानकारी आएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दान थापाले बताए।

यसअघि कप्तानगञ्ज घटनामा ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो। त्यस्तै सुनसरीबाट सुरु भएको प्रदर्शन सिरहामा पुग्दा त्यहाँ पनि गोली लागेर एक जनाको मृत्यु भएको थियो। त्यहाँ मृत्यु हुनेमा स्थानीय गणेश यादव थिए।

अहिले भने तराईका सबै जिल्लाहरु सामान्य बन्दै गएको छ।