प्रधानमन्त्री बालेन सुदूरपश्चिम प्रदेशका सांसदसँग छलफलमा, को-को छन् सहभागी?



बिजमाण्डू
२०८३ साउन १९ गते १२:०१ | Aug 4, 2026
प्रधानमन्त्री बालेन सुदूरपश्चिम प्रदेशका सांसदसँग छलफलमा, को-को छन् सहभागी?


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदसँग छलफल गरेका छन्।

Tata
GBIME

बालेनले मंगलबार ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाललाई सिंहदरबारमा बोलाएर छलफल गरेको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बिहान १ बजे सुरु भएको छलफल अहिले पनि जारी छ। छलफल समसामयिक राजनीतिका विषयमा केन्द्रित छ।

बालेनले यसअघि सातै प्रदेशका सांसदलाई पालैपालो बोलाएर छलफल गरेका थिए। त्यतिखेर उनले निर्वाचन क्षेत्रका लागि आवश्यक विकास योजना मागेका थिए।