ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सल्लाहकारमा चितवनका विवेक राज कँडेल नियुक्त



बिजमाण्डू
२०८३ साउन १२ गते १३:२३ | Jul 28, 2026
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सल्लाहकारमा चितवनका  विवेक राज कँडेल नियुक्त


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चितवनका विवेक राज कँडेललाई अवैतनिक सल्लाहकार (ऊर्जा व्यापार तथा पूर्वाधार) नियुक्त गरेका छन्।

Tata
GBIME

सल्लाहकारको भूमिकामा कँडेलले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षामा जोड दिँदै नीति तर्जुमा गर्न, आन्तरिक ऊर्जा क्षेत्रको सुधारलाई अघि बढाउन र निजी क्षेत्रको लगानी आकर्षित गर्न रणनीतिक परामर्श प्रदान गर्ने मन्त्रालयले जनाएको छ।

साथै, उनले बृहत् ऊर्जा व्यापार सुधार र क्षेत्रीय ऊर्जा बजार एकीकरणलाई गति दिने कार्यमा समेत योगदान दिने विश्वास श्रेष्ठले लिएका छन्।

त्रिभुवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ गरेका कँडेलले हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुल अफ गभर्मेन्टबाट जलवायु ऊर्जा रूपान्तरण र नेतृत्वमा विशेषज्ञतासहित सार्वजनिक प्रशासनमा र नेदरल्यान्ड्सको युनिभर्सिटी अफ टुवान्टेबाट ऊर्जा म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन्।

उनीसँग यूएनडीपी, विश्व बैंक र आइरिनालगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा डेढ दशकभन्दा बढी काम गरेको अनुभव छ।