काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले महाराजगंजस्थित पिस क्याफेलाई कारबाही गरेको छ।
विभागले मंगलबार अनुगमनका क्रममा कैफियत भेटिएको भन्दै पिस क्याफे एण्ड होस्टललाई उपभोक्ता संरक्षण ऐन अनुसार ५० हजार रुपैयाँ जरिवाना गरेको बताएको छ।
विभागले शान्तीनगरस्थित ब्रदर्श खाद्य भण्डार एण्ड सप्लायर्ससहित १० वटा व्यावसायिक फर्मलाई सामान्य निर्देशन दिएको छ।










