विपद्‍का बेला उद्धारमा खटिने सशस्त्र प्रहरीलाई सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउने



बिजमाण्डू
२०८३ असार ३० गते १८:०८ | Jul 14, 2026
विपद्‍का बेला उद्धारमा खटिने सशस्त्र प्रहरीलाई सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउने


काठमाडौं। सरकारले विपद् खोज उद्धारमा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ।

Tata
GBIME
Nepal Life

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्का बेला खोज उद्धारमा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकले बीउ बिजन नियमावलीमा (पहिलो संशोधन) गरेको छ भने अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने निर्णय भएको छ।