काठमाडौं । नागढुंगा – पिपलामोड जोड्ने सडक भासिएको छ। यसकारण हाल उक्त सडकखण्डमा पूर्ण रूपमा सवारी साधन आवतजावत रोकिएको छ।
त्यस्तै, अविरल वर्षासँगै मुग्लिन नारायणगढ सडक खण्डको विभिन्न स्थानमा हिजाे साँझदेखि पहिरो जाने क्रम जारी छ। लेदाे खसेका कारण सडक दुईतर्फी अवरुद्ध बनेको छ।
निरन्तर वर्षा भइरहेकाे र यस क्षेत्रमा पहिरोकाे उच्च जाेखिम भएकोले सुरक्षाको दृष्टिकोणले अर्काे सूचना जारी नहुन्जेलसम्मका लागि विपद् व्यवस्थापन समितिकाे आपतकालीन बैठक बसेर जिल्ला प्रशासन कार्यालय चितवनद्वारा उक्त क्षेत्रमा कुनै पनि प्रकारकाे सवारीसाधन संचालनमा राेक लगाइएकाे जानकारी छ।
अहिले यस सडक खण्डको जलविले नजिकै पहिरो झरेको छ। पहिरो हटाउन सम्बन्धित स्थानमा मेशिन परिचालन भइसकेको जानकारी गराईन्छ।










