मेलम्चीको मुहानमा पानी धमिलो, काठमाडौं उपत्यकामा आपूर्ति अस्थायी रुपमा बन्द



बिजमाण्डू
२०८३ असार १९ गते ०९:५० | Jul 3, 2026
मेलम्चीको मुहानमा पानी धमिलो, काठमाडौं उपत्यकामा आपूर्ति अस्थायी रुपमा बन्द
Photo : RSS

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ।

Tata
GBIME
Nepal Life

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल हुँदा मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो।

उनले भने, ‘वर्षाले मुहानमा पानी अत्यधिक धमिलो भएको छ। गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया संचालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार पानी आपूर्ति संचालन गरिनेछ।’

निरन्तर वर्षा भएमा काठमाडौंमा पानी आपूर्ति गर्न केही समय लाग्ने बताइएको छ।