एसएलसीका बोर्ड फर्स्ट किशोरलाई बालेनले दिए त्रिविमा कर्मचारी नियुक्ति र बढुवाको जिम्मेवारी



बिजमाण्डू
२०८३ असार १७ गते १९:३३ | Jul 1, 2026
एसएलसीका बोर्ड फर्स्ट किशोरलाई बालेनले दिए त्रिविमा कर्मचारी नियुक्ति र बढुवाको जिम्मेवारी
किशोर थापा

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार थापालाई त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्त गरेका हुन्।

Tata
GBIME
Nepal Life

शिक्षामन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित समितिले विज्ञापन गरी प्राप्त आवेदनहरूको अध्ययन, मूल्यांकन तथा अन्तर्वार्तापछि तीन जनाको नाम सिफारिस गरेको थियो।

शहरी योजनाविद्का रूपमा परिचित थापाले शिक्षा सचिवका रुपमा पनि काम गरेका थिए। उनले सचिवको ५ वर्षे पदावधि पूरा गरेर अवकाश पाएको १२ वर्ष भएको छ। थापा एसईईका बोर्ड फर्स्ट समेत हुन्। उनी २०३१ को एसएलसीमा बोर्ड फर्स्ट भएका थिए।

थापा हाल नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिजमा शहरी योजना विज्ञ तथा काठमाडौं विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा आबद्ध छन्। उनी २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयरको उम्मेदवार बनेकामा पराजित भएका थिए।

आयोगको सदस्यमा प्रा. डा. रेजिना मास्के नियुक्त भएकी छन्।