विष्णु पौडेललाई रिहा गर्न सर्वोच्च अदालतले मानेन, कारण देखाउ आदेश जारी



बिजमाण्डू
२०८३ असार ११ गते १२:०१ | Jun 25, 2026
विष्णु पौडेललाई रिहा गर्न सर्वोच्च अदालतले मानेन, कारण देखाउ आदेश जारी

काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई तत्कालका लागि रिहा गर्न अस्वीकार गरेको छ। सर्वोच्चले बिहीबार कारण देखाउ आदेश जारी गरेको छ।

Tata
GBIME
Nepal Life

पूर्वअर्थमन्त्री पौडेल सम्पत्ति शुद्धीकरणको मुद्दामा असार ८ गते पक्राउ परेका थिए। विशेष अदालतले उनलाई अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न ९ गते अनुमति दिएको थियो।

त्यसपछि पौडेललाई रिहा गर्न माग गर्दै उनकी पत्नी दोमाया पौडेल बन्दीप्रत्यक्षीकरणको रिट लिएर बुधबार सर्वोच्च अदालत पुगेकी थिइन्।

तर न्यायाधीश श्रीकान्त पौडेलको इजलासले रिहा गर्ने आदेश दिन अस्वीकार गरेको छ।