सचिवको दरबन्दीमा कैंची चलाउन मुख्यसचिवको सिफारिस, वैशाख ३० मा गठन गरिएको थियो समिति



बिजमाण्डू
२०८३ असार ११ गते १८:४० | Jun 25, 2026
सचिवको दरबन्दीमा कैंची चलाउन मुख्यसचिवको सिफारिस, वैशाख ३० मा गठन गरिएको थियो समिति

काठमाडौं। सरकारले जेठ तेस्रो साता सचिवहरुको सरुवा गर्‍यो। पाँच जना सचिवलाई प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूहमा लगेर थन्क्याइयो।

Tata
GBIME
Nepal Life

कतिपय मन्त्रालयमा सचिवका दुई वटा दरबन्दी रहेकामा त्यसमा कैंची चलाइयो।

के आधारमा सरुवा गरिएको भन्नेबारेमा सचिवहरु नै कुहिरोको काग जस्तै बनेका थिए।

मन्त्रिपरिषद्ले मन्त्रालयमा सचिवको दरबन्दी कटौती र सरुवाको निर्णय गर्नुअघि मुख्यसचिवको नेतृत्वमा समिति गठन गरिएको खुलेको छ।

मन्त्रालयको संख्या १८ मा झारिएपछि सचिवको दरबन्दी र संख्या मिलानका लागि सिफारिस गर्न मुख्यसचिव सुमनराज अर्यालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको बिहीबार सार्वजनिक गरिएको मन्त्रिपरिषद्को निर्णयबाट खुलेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रिपरिषद्ले वैशाख महिनामा गरेका निर्णय बिहीबार सार्वजनिक गरेको छ जस अनुसार मुख्यसचिवको संयोजकत्वमा वैशाख ३० गते समिति गठन गरिएको थियो।

त्यो समितिले एक मन्त्रालयमा दुई सचिव नराख्न दिएको सिफारिस मन्त्रिपरिषद्ले कार्यान्वयन गरेका कारण पछिल्लो समय अवकाश पाएका सचिवहरुले अवकाश पाएपछि रिक्त रहेको ठाउँमा बढुवा गरिएको छैन। अहिले सचिवको संख्या ६५ मा झरेको छ। यो संख्या आगामी दिनमा अझै १० को हाराहारीमा घट्ने देखिन्छ।