मनाङमा ३० मेगावाटको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने, कुल लागत ३ अर्ब ९० करोड

बिजमाण्डू
२०८२ माघ २६ गते ०७:१९ | Feb 9, 2026
मनाङमा ३० मेगावाटको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने, कुल लागत ३ अर्ब ९० करोड


काठमाडौं। मनाङको नासोङ गाउँपालिका र लमजुङको मर्स्याङ्दी गाउँपालिकको बीचमा कुल ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ।

GBIME
Tata

आयोजना निर्माणको प्रक्रिया स्वरुप वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीको काम सुरु गरेको छ।

म्यार्दी खोला हाइड्रोपावर कम्पनी प्रालि आयोजनाको प्रस्तावक हो। आयोजना नदी प्रवाही प्रकृतिको छ।

आयोजनाबाट वार्षिक रुमपा औसत १ सय ७३.४४ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने विश्वास लिइएको छ। आयोजनाबाट उत्पादित बिजुली १० किलोमिटर लामो १ सय ३२ केभी क्षमताको प्रसारण लाइनमार्फत धारापानीमा रहेको २ सय २० केभी क्षमताको मनाङ हवमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा पठाइनेछ।

आयोजनाको कुल लागत ३ अर्ब ९० करोड ९७ लाख रुपैयाँ रहनेछ। यस आधारमा प्रति मेगावाट लागत १३ करोड ३ लाख रुपैयाँ रहनेछ। वन तथा वातावरण मन्त्रालयले आयोजनाका कारण पर्न सक्ने सम्भावित वातावरणीय प्रभावका बारेमा जानकारी दिन सम्वद्ध सबै सरोकारवालालाई आग्रह गरेको छ। रासस