बैंकको ब्याजदर घट्दा सेयर बजारमा डाइभर्ट भएको पैसा कहाँ गयो?

सुनिल कुँवर
२०८२ असार ४ गते ०९:३० | Jun 18, 2025
बैंकको ब्याजदर घट्दा सेयर बजारमा डाइभर्ट भएको पैसा कहाँ गयो?

काठमाडौं। सेयर बजारमा संस्थागत लगानीकर्ताहरुले लगानी बढाउँदा नेप्से परिसूचक भने सुस्ताएको छ। ब्याजदर निरन्तर घटिरहेका कारण संस्थागत लगानीकर्ताले बैंकबाट बजारमा लगानी सिफ्ट गरेका छन। ऋणको माग नभएर तरलता थुप्रिंदा बैंकबाट सेयरधितो कर्जा प्रवाह बढिरहेको छ।

Tata
GBIME

तर, बजारमा लगानी बढ्दा इन्डेक्स भने ओरालो लागिरहेको छ। व्यक्तिगत र संस्थागत लगानीकर्ताले लगानी बढाउँदा सेयर बजारमा ‘रिफ्लेक्सन’ देखिएको छैन।

बैंक तथा वित्तीय संस्थाहरुको लगानी बढ्दा बजार बढ्न नसकेको हो। तरलता र ब्याजदर बजार अनुकूल छ। ऋण लगानी नहुँदा कर्जाकै ब्याजदर ८ प्रतिशतमा आएको छ। बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको छ।

बैंकिङ प्रणालीमा उच्च तरलता र न्यून ब्याजदर भएपछि बजार उच्च अंकले बढ्ने गरेको विगतको दृष्टान्त छ। तर, यसपटक सेयर बजारका लागि अनुकूल सूचक हुँदाहुँदै त्यसको इन्डेक्समा प्रभाव देखिएको छैन।

नेप्से चार महिनादेखि एउटै विन्दुमा घुमिरहेको छ। फागुन तेस्रो साता २८९० अंकमा पुगेको बजार चैत ११ गते २५८१ विन्दुमा आयो। नेप्से मंगलबार २६२७ अंकमा छ। कारोबार जुन विन्दुमा खुल्यो त्यहीआएर बन्द हुने ट्रेन्ड पछिल्लो समय बजारमा देखिएको छ।

मर्चेन्ट बैंकरहरु तरलता बैंकहरुमै ट्रयाप भएर बसेको बताउँछन्। ‘बैंकलाई सेयर खरिदबिक्रीमा सहज छैन। लिक्विडिटीको पुल बैंकसँग हो। तर लिक्विडिटी इन्स्योरेन्स र बैंकमा ट्रयाप भएर बसेको छ। उनीहरुले बजारमा लगानी गरे पनि पुँजीको आकारको तुलनामा ज्यादै न्यून हो,’ एक मर्चेन्ट बैंकरले भने, ‘ठूलो लगानी गर्न डराइराखेका छन्। कम्पनीहरु ओभर भ्यालुड भए। पैसा छ भन्दैमा उनीहरुले ओभर भ्यालु भएको कम्पनीमा हाल्न चाहँदैनन्। कम्पनीमा फण्डरेज हुनुपर्ने हो तर त्यो हुन सकेको छैन।’

हाइड्रो कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ। कारोबार र सर्वाधिक मूल्य बढ्ने कम्पनीको शीर्ष सूचीमा लगातार हाइड्रो कम्पनी आइरहेका छन्। बजारमा मंगलबार ७ अर्ब ६५ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार हुनेमा सानिमा माई हाइड्रोपावर, बुटवल पावर, ङादी ग्रुप पावर र राधी विद्युत कम्पनी छन्।

संस्थागत लगानीकर्ताहरुले गत वर्षदेखि नै बैंकको ब्याजदर घट्दा मुद्दतीमा भएको निक्षेप लगानी बजारमा लगानी बढाउँदै लगेका छन्। बजारमा संस्थागत लगानीकर्ताको रुपमा इन्स्योरेन्स, म्युचुअल फण्डको लगानी छ।

आर्थिक वर्ष २०७८/७९वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर %नेप्से सूचक अंकमा
साउन८.४८३१६०
भदौ८.५७३१९८
असोज८.६९२६५७
कात्तिक९.०२२७८५
मंसिर९.२९२४१५
पुस९.४४२८५८
माघ१०.३१२८०२
फागुन१०.६२६६८
चैत१०.७८२४१५
वैशाख११.४२२३५०
जेठ११.५४१९९६
असार११.६२२०१०
आर्थिक वर्ष २०७९/८०
साउन११.९४२०४१
भदौ१२.०६१९१०
असोज१२.१९१८५८
कात्तिक१२.६५१९११
मंसिर१२.७४१८८३
पुस१२.७९२१४९
माघ१३.०३२१२२
फागुन१३.०३१९५३
चैत१२.८४१९३४
वैशाख१२.६५१८२२
जेठ१२.५३२०४२
असार१२.३२०९७
आर्थिक वर्ष २०८०/८१
साउन१२.२४२०३३
भदौ१२.२३१९६५
असोज१२.१११८६५
कात्तिक११.९६१८५२
मंसिर११.८५१९९४
पुस११.३८२१२१
माघ११.०८२१०१
फागुन१०.७८२१०८
चैत१०.५५२०२६
वैशाख१०.३४१९९८
जेठ१०.१५२११२
असार९.९३२२४०
आर्थिक वर्ष २०८१/८२
साउन९.६८३०००
भदौ९.५२२५८०
असोज९.३३२७४२
कात्तिक९.०७२७४८
मंसिर८.९२६८२
पुस८.६९२५९४
माघ८.५५२६८५
फागुन८.४२७३६
चैत८.२२२६६२
वैशाख८.११२६२०
जेठ८.११२६५५
असार ३२६५४

जीवन र निर्जीवन बीमा कम्पनीले चैत मसान्तसम्म ३७ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ सेयरमा लगानी गरेका छन्। इन्स्योरेन्सहरुले दोस्रो बजारमा गरेको लगानी पोहोर चैतसम्मको तुलनामा १०१.४९ प्रतिशत धेरै हो। गत वर्ष चैतसम्म सेयर बजारमा जीवन र निर्जीवन बीमा कम्पनीको लगानी १८ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ थियो।

म्युचुअल फण्डले निक्षेपको पैसा सेयर बजारमा लगानी गरेका छन्। ब्याजदर घटेका कारण अधिकांश म्युचुअल फण्डले मुद्दतीमा लगानी शून्य बनाएका छन्। उनीहरुले बजारमा लगानी बढाए पनि नेप्से सूचक उकालो नलाग्दा खुद सम्पत्तिको नेटवर्थमा समेत गिरावट आएको छ। म्युचुअल फण्डले बजारबाट समेत अपेक्षित आम्दानी गर्न सकेका छैनन्।   

बजारका लागि सूचकले मात्रै फेबर गरेका छैनन्, नेपाल राष्ट्र बैंकले समेत लचिलो नीति बनाएको छ। राष्ट्र बैंकले सेयर बजारका लागि गरेको नीतिगत कडाइ खुलाइसकेको छ।

जेठ पहिलो साता गभर्नर नियुक्त भएका डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट सेयरधितो कर्जाको जोखिमभार १२५ बाट घटाएर सतप्रतिशतमा राखेका छन्।

बजारमा लगानी मात्रै बढिरहेको छ तर नेप्से इन्डेक्स बुलिस छैन। बैंक तथा वित्तीय संस्थाहरुले यो वर्ष १० महिनामा सेयर धितोमा ३५ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ ऋण लगानी गरेका छन्।

बैंकहरुले यो वर्ष वैशाखसम्म सेयरधितो कर्जा ३९.०३ प्रतिशतले बढाएका हुन्। बैंकहरुको सेयर धितो कर्जा १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। असार मसान्तसम्म यस्तो कर्जा ९० अर्ब ९ करोड रुपैयाँ थियो।

ठूला लगानीकर्ताले बैंकबाट ऋण लिएर सेयर बजारमा आक्रामक रुपमा लगानी गरेका छन्। १ करोडमाथिको सेयर धितो कर्जा ५३.३ प्रतिशतले बढेको छ। १० महिनामा ठूला लगानीकर्ताले बैंकबाट ऋण लिएर २९ अर्ब ८० करोड ८० लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका छन्।

कम्पनीहरु नाफा बुक गर्न लागेकाले बजारमा सेलिङ प्रेसर देखिएको विश्लेषकहरु बताउँछन्। स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले आर्थिक वर्षको अन्तिम महिना भएकाले कम्पनीहरुको नाफा कमाउने दबाबको असर बजारमा देखिएको बताए।

‘आर्थिक वर्षको अन्तिम त्रैमास भएकाले कम्पनीहरुलाई नाफा कमाउने दबाब भयो। कोहीले कर्जा चुक्ता गरिरहेका छन्। त्यसले बजार इन्डेक्स नबढेको हो,’ उनले भने, ‘कारोबारको आकार उच्च नै छ। नयाँ आर्थिक वर्षमा आउने नीतिपछि बजारको वास्तविक तस्वीर देखिन्छ।’