
काठमाडौं। इजरायल र इरान युद्ध अनेपक्षित रुपमा ठूलो बन्दै गएको छ। दुवै देश एकअर्कामाथि आक्रमण गरिरहेका छन्।
यसबीच इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामेनीले युद्ध सुरु भएको प्रतिक्रिया दिएका छन्। एक्समा उनले ‘दी ब्याटल बिगिन्स’ लेख्दै इजरायलमाथि कडा प्रहार गर्ने चेतावनी दिएका हुन्।
अहिले इरानको राजधानी तेहरानमा समेत आक्रमण भइरहेको छ। इरानले पनि इजरायलको तेलअबिबसम्म आक्रमण गरिरहेको छ।
अमेरिका लगायतका देशले तेहरान खाली गर्ने सूचना जारी गरेको छ। अमेरिकाले इरानको हवाई क्षेत्र आफ्नो नियन्त्रणमा रहेको दाबी गरे पनि पुष्टि भएको छैन।
इजरायल अमेरिका र पश्चिमा देशको आडमा इरानमा यसपटक सत्तापलट गराउन उद्यत देखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। इजरायलको निसानामा खामेनी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसलाई तत्कालका लागि रोकेको बताइन्छ।
यता, इरानले आज इजरायलमा ठूलो आक्रमण गर्न सक्ने संकेत पनि दिएको छ।