
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका नेताले बिजमाण्डूमा प्रकाशित समाचार काठमाडौं जिल्ला अदालतले हटाउन आदेश दिएकोमा प्रश्न गरेका छन्।
एमालेका केन्द्रीय कमिटी सदस्य रेहका विष्णु रिजालले सामाजिक संजालमा अनलाइनमा आएको समाचार हटाउन आदेश आएको भन्दै पत्रिकामा समाचार छापिए जलाउने हो भन्दै न्यायाधीशलाई नै प्रश्न गरेका छन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले हालेको मुद्दामा अदालतले बिजमाण्डूमा प्रकाशित भएका समाचारहरु तुरुन्त हटाउनु, हटाउन लगाउनु भनि आदेश जारी गरेको हो। बिजमाण्डूले सेबोनमा भएको अनियमितताबारे लगातार समाचार प्रकाशन गरिरहेको छ।
अदालतले एकपक्षीय बहस सुनेर सिधै समाचार हटाउन आदेश दिएको भन्दै नेपाल पत्रकार महासंघसँगै अन्य पत्रकार संगठनहरुले विरोध जनाएका छन्