अब क्रिकेट हेर्न पर्दैन रुखमा चढ्न, कीर्तिपुरमा स्टेडियम निर्माणको कामले पाउँदैछ रफ्तार (तस्विरहरु)

प्रवीण रानाभाट
२०८२ जेठ २७ गते ०९:१९ | Jun 10, 2025
अब क्रिकेट हेर्न पर्दैन रुखमा चढ्न, कीर्तिपुरमा स्टेडियम निर्माणको कामले पाउँदैछ रफ्तार (तस्विरहरु)


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली जब कीर्तिपुरमा खेलिरहेको हुन्छ, आफ्नो टिमलाई समर्थन गर्न हजारौं मानिस त्रि.वि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उपस्थित हुन्छन। केही स्टेडियम भित्रै त केही भने स्टेडियम बाहिर।

Tata
GBIME

स्टेडियममा प्याराफिट नहुँदा समर्थकहरुले धेरै सास्ती पनि ब्यहोर्नु परेको कुरा त जगजाहेर नै छ। बस्ने ठाउँ नपाउँदा मानिसहरु रुखमै चढेर क्रिकेट हेर्न पुग्छन्। रुखमा चढेर क्रिकेट हेरिरहेको तस्विरहरु विश्वभर नै छरिएपछि नेपाली समर्थक क्रिकेटका लागि कति क्रेजी छन् भन्ने चर्चा नै चल्यो।

अब भने रुख चढेर क्रिकेट हेर्नुपर्ने बाध्यताको अन्त्य हुँदैछ चाँडै। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले रंगशालामा प्याराफिटसँगै अन्य पूर्वाधार निर्माणमा चासो दिन थालेपछि भने अहिले रंगशालाले आकार लिँदैछ।

कीर्तिपुरमा अहिले धमाधम पूर्वाधार निर्माणको काम हुँदैछ। आउने केही महिनामा नै स्टेडियम प्यारफिट र फ्लड लाइट सहितको हुनेछ।

पूर्वाधार सहितको स्टेडियम बनेपछि पनि वरिपरि भने रुख रहने नै छन्। त्यसो भन्दैमा रुख चढेर फेरि क्रिकेट हेर्न चाहिँ नजानु होला नि!