काठमाडौं महानगरपालिकाका इन्जिनियर कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा, खुलेन साढे ४ करोडको स्रोत

बिजमाण्डू
२०८२ जेठ २६ गते १७:०७ | Jun 9, 2025
काठमाडौं महानगरपालिकाका इन्जिनियर कोइरीविरुद्ध भ्रष्टाचार मुद्दा, खुलेन साढे ४ करोडको स्रोत


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।

Tata
GBIME

अख्तिसयारले कोइरीविरुद्ध ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बिगो कायम गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। कोइरीको २०४६ वैशाख १९ देखि २०७८ फागुन ३० गतेसम्मको आम्दानी र खर्चलाई हेरेर अख्तियारले अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा कोइरीको ७ करोड ९६ लाख ७६ हजार ८०३ रुपैयाँ बराबरको सम्पत्ति देखिएको थियो। अख्तियारले ३ करोड ३७ लाख ७९ हजार ४०० रुपैयाँ बराबरको सम्पत्ति मात्र वैध भएकोभन्दै बाँकीको स्रोत नखुलेकाले मुद्दा दायर गरेको बताएको छ।

सम्पत्ति जफत गर्ने प्रयोजनका लागि अख्तियारले कोइरीकी पत्नीलाई पनि प्रतिवादी बनाएको छ।