
काठमाडौं। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले सुन र सुनका गरगहनाको बिक्री मूल्यमा २ प्रतिशत विलासिता शुल्क लगाउने घोषणा गरेको छ।
यसअघि १० लाखभन्दा बढी मूल्यका सुनका गरगहना वा हिरा, मोती पत्थर जडित सुनको गहनामा मात्रै विलासिता शुल्क लाग्ने गरेको थियो।
आर्थिक विधेयक २०८२ मा भने ‘सुन तथा सुनका गरगहनाको बिक्री मूल्यमा’ २ प्रतिशत विलासिता शुल्क लगाई असुल गरिने उल्लेख गरिएको छ। यो शुल्क आगामी साउनदेखि लागू हुनेछ।
सरकारले ५ तारे होटल तथा लक्जरी रिसोर्ट, आयातित तयारी मदिराको पैठारीमा भन्सार महसुल तथा अन्तःशुल्क सहितको मूल्यमा पनि २ प्रतिशत विलासिता शुल्क उठाउँदै आएको छ।