आइटीलाई विशेष उद्योगसरह मान्यता, आयकर र विद्युत महसुलमा छुट घोषणा

बिजमाण्डू
२०८२ जेठ १५ गते १७:१८ | May 29, 2025
आइटीलाई विशेष उद्योगसरह मान्यता, आयकर र विद्युत महसुलमा छुट घोषणा


काठमाडौं। सरकारले सूचना प्रविधिमा आधारित उद्योगलाई विशेष उद्योगसरह मान्यता दिँदै विभिन्न छुटको घोषणा गरेको छ।

Tata
GBIME

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्रि विष्णु पौडेलले सूचना प्रविधिमा आधारित उद्योगलाई आयकर र विद्युत महसुलमा छुट दिने घोषणा गरेका हुन्।

यस्तै, सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशतसम्म छुट दिने घोषणा अर्थमन्त्रीले गरेका छन्।

नेपालमा बसेर विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत मात्रै आयकर लाग्ने र त्यो कर अन्तिम हुने व्यवस्था गरिएको छ।