
काठमाडौं। सरकारले व्यवसायीको लामो समयदेखिको माग सम्बोधन गर्दै विदेशमा लगानी गर्ने दिने घोषणा गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा नेपाली व्यवसायीलाई विदेशमा लगानी गर्न दिने घोषणा गरेका हुन्।
‘नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा विक्री शाखा वा अर्धप्रशोधित सामान निर्यात गरी प्रशोधित कारखाना स्थापना गर्न अनुमति दिइनेछ,’ मन्त्री पौडेलले भने।
भाटभटेनी, करेन्ट चाउचाउ, खुकुरी रम, एसियन थाइ फुड्स लगायत दर्जनौं स्थापित कम्पनी तथा ब्राण्ड विश्व बजारमा जान तयार रहेको अवस्थामा अर्थमन्त्रीले बजेटमार्फत विदेशमा लगानी गर्न दिने घोषणा गरेका हुन्।
अर्थमन्त्री पौडेलका अनुसार निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने कानुनी व्यवस्था गरिनेछ।
‘यस्तो व्यवसायबाट हुने ५० प्रतिशत मुनाफा देशभित्र फिर्ता गर्ने गरी लगानी स्वीकृतिको जिम्मा लगानी बोर्डलाई दिइनेछ,’ उनले भने।