सुनको मूल्य लगातार ओरालो लाग्दै आज तोलामा १६ सय रुपैयाँ घट्यो, चाँदी भने बढ्यो

बिजमाण्डू
२०८२ जेठ १४ गते ११:३१ | May 28, 2025
सुनको मूल्य लगातार ओरालो लाग्दै आज तोलामा १६ सय रुपैयाँ घट्यो, चाँदी भने बढ्यो


काठमाडौं। सुनको मूल्य लगातार ओरालो लागेको छ। अघिल्लो दिनको तुलनामा तोलामा १६ सय रुपैयाँ घटेको हो।

Tata
GBIME

बुधबारका लागि सुनको कारोबार मूल्य प्रति तोला १ लाख ८९ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुन तोलामा २ सय रुपैयाँ घटेर प्रति तोला १ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि सोमबार ७ सय रुपैयाँ घटेर प्रति तोला १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ बढेर प्रति तोला १ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो।

चाँदीको मूल्य बुधबार बढेको छ। बुधबार चाँदी तोलामा १० रुपैयाँ बढेर प्रति तोला २ हजार ५ रुपैयाँ कायम छ।

मंगलबार चाँदी तोलामा १० रुपैयाँ घटेर प्रति तोला १ हजार ९९५ रुपैयाँमा झरेको थियो। गत शुक्रबारदेखि सोमबारसम्म चाँदी प्रति तोला २ हजार ५ रुपैयाँमा स्थिर थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ३३०७.८ डलर रहेको छ। चाँदी प्रति औंस ३३.३ डलर छ। मंगलबार सुन प्रति औंस ३३२४.१३ डलर रहेको छ। चाँदी प्रति औंस ३३.१५ डलर थियो।