
काठमाडौं। राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन स्वीकृति पाएको छ। कम्पनीले सेयरधनीका लागि असार १ देखि हकप्रद जारी गर्ने भएको छ।
कम्पनीलाई १:१ अनुपातमा हकप्रद जारी गर्न स्वीकृति दिइएको नेपाल धितोपत्र बोर्डले बिहीबार जनाएको हो। बोर्डका अनुसार प्रति कित्ता १०० रुपैयाँ दरले ६१ लाख २७ हजार ९ सय ३८ कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्नका लागि स्वीकृति दिइएको छ।
कम्पनीले सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ। राप्तीका सेयरधनीमा जेठ ५ गतेसम्म कायमले हकप्रदमा दाबी गर्न पाउने छन्। हकप्रदका लागि असार १-२२ सम्म आवेदन लिइने कम्पनीले जनाएको छ।
हकप्रद जारीपछि कम्पनीको पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ।