सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा २ सय घट्दा चाँदी १० रुपैयाँ सस्तियो

बिजमाण्डू
२०८२ जेठ १३ गते ११:५१ | May 27, 2025
सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा २ सय घट्दा चाँदी १० रुपैयाँ सस्तियो


काठमाडौं। साताको तेस्रो दिन सुनचाँदीको कारोबार मूल्यमा गिरावट छ। सुन प्रति तोला १ लाख ९० हजार ९ सय रुपैयाँ भएको छ भने चाँदी १ हजार ९ सय ९५ रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

अघिल्लो दिनको तुलनामा सुन तोलामा २ सय रुपैयाँ घटेको हो। यसअघि सोमबार ७ सय रुपैयाँ घटेर प्रति तोला १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तीन दिनपछि तोलामा १० रुपैयाँ घटेको हो। मंगलबार कारोबार मूल्य प्रति तोला १ हजार ९ सय ९५ रुपैयाँ भएको छ। गत शुक्रबारदेखि सोमबारसम्म चाँदी प्रति तोला २ हजार ५ रुपैयाँमा स्थिर थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै प्रति औंस  ३३२४.१३ डलरले कारोबार भइरहेको छ। चाँदी प्रति औंस ३३.१५ डलर छ।सोमबार सुन प्रतिऔंस ३३४९.३६ डलर र चाँदी ३३.५२ डलर थियो।