
काठमाडौं। लगातार बढेर उच्च बनेको सुनको मूल्य सोमबार घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा ७ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबार मूल्य प्रति तोला १ लाख ९१ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।
आइतबार सुनको मूल्य तोलामा एक हजार ४ सय रुपैयाँ बढेर प्रति तोला एक लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो।
चाँदीको मूल्य भने सोमबार पनि स्थिर छ। गत शुक्रबार तोलामा २० रुपैयाँ घटेर प्रति तोला २ हजार ५ रुपैयाँ भएको चाँदी त्यस यता घटबढ भएको छैन।
अन्तर्राष्ट्रिय बजारमा बढिरहेको सुनको मूल्यमा ब्रेक लागेको छ। आइतबार प्रतिऔंस ३३५७.४ डलरमा कारोबार भएको सुन सोमबार ३३४९.३६ डलर भएको छ। चाँदी प्रतिऔंस ३३.५२ डलर भएको छ। आइतबार ३३.४९ डलर थियो।