सुनको मूल्य २ हजार घट्दै तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँ निर्धारण

बिजमाण्डू
२०८२ बैशाख ३० गते ११:०३ | May 13, 2025
सुनको मूल्य २ हजार घट्दै तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँ निर्धारण


काठमाडौं । सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्दै प्रति तोला एक लाख ८४ हजार ८०० रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा ३ हजार ७०० रुपैयाँले घटेको थियो।आइतबार सुन प्रति तोला एक लाख ९० हजार ५०० रुपैयाँ थियो।

चाँदीको भाउ भने मंगलबार बढेको छ। अघिल्लो दिनको भन्दा चाँदी तोलामा १० रुपैयाँ बढ्दै प्रति तोला एक हजार ९७० रुपैयाँ भएको छ। सोमबार चाँदी तोलामा १० रुपैयाँ घटेर प्रति तोला एक हजार ९६० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घटिरहँदा यसको प्रभाव स्थानीय बजारमा देखिएको हो। मंगलबार सुनको भाउ प्रतिऔंस ३२५२.१५ डलर रहेको छ।चाँदी प्रतिऔंस ३३.०४ डलर छ।