एसियन पेमेन्ट नेटवर्कको २१औं फोरमको पहिलो बैठक काठमाडौंमा, फोनपे उपाध्यक्ष चयन

बिजमाण्डू
२०८२ बैशाख २४ गते १८:२६ | May 7, 2025
एसियन पेमेन्ट नेटवर्कको २१औं फोरमको पहिलो बैठक काठमाडौंमा, फोनपे उपाध्यक्ष चयन


काठमाडौं। एसियन पेमेन्ट नेटवर्क (एपीएन)को २१औं फोरमको पहिलो बैठक काठमाडौंमा बसेको छ। भुक्तानी प्रणाली सञ्चालक फोनपेको आयोजनामा काठमाडौंमा दुई दिनसम्म बैठक बसेको हो।

Tata
GBIME
NLIC

बैठकमा एसियाका १४ देशका प्रतिनिधि सभाभागी थिए। बैठकमा एसियामा सीमापार रिटेल भुक्तानीको भविष्य र प्रमुख भुक्तानी नेटवर्कहरूबीच सहकार्यको विषयमा छलफल भएको फोनपेले बुकबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

डिजिटल वित्तीय सहकार्यलाई मजबुत पार्ने उद्देश्यसहित विभिन्न सत्रमा छलफल गरिएको थियो। बैठकबाट फोनपे एपीएनको उपाध्यक्ष चयन भएको छ। फिलिपिन्सको ब्यान्स नेट अध्यक्ष चुनिएको छ।

बैठक आयोजनालाई फोनपेले नेपालको डिजिटल भुक्तानी नवप्रवर्तनमा क्षेत्रीय केन्द्र बन्ने यात्रामा ऐतिहासिक उपलब्धि भनेको छ।

‘नेपालमा एपीएन फोरमको बैठक आयोजना गर्नु डिजिटल भुक्तानीमा हाम्रो नेतृत्व क्षमतामा वृद्धिको संकेत हो। यो बैठकलाई हामीले क्षेत्रीय साझेदारहरूसँग सहकार्य गरी समावेशी र सुरक्षित वित्तीय प्रणाली अगाडि बढाउने अवसरका रुपमा लिएका छौं,’ फोनपेका मुख्य कार्यकारी अधिकृत दिवश कुमारले भने।

बैठकमा सहभागी हुन आएका एपीएनका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबार पुगेर भेटेका थिए।