स्टार्टअप उद्यमीलाई मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कक्षा, के-के सिकायो ?

बिजमाण्डू
२०८२ बैशाख २३ गते १७:५२ | May 6, 2025
स्टार्टअप उद्यमीलाई मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कक्षा, के-के सिकायो ?


काठमाडौं। मुक्तिनाथ विकास बैंकले स्टार्टअप र नयाँ उद्यमीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

Tata
GBIME
NLIC

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्टार्टअप र नयाँ उद्यमीलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा स्टार्टअप र युवा उद्यमी २६ जना सहभागी थिए।

उनीहरुलाई वित्तीय व्यवस्थापन, बैंकिङ सेवाको पहुँच, व्यावसायिक योजना तयारी, बजार व्यवस्थापनका रणनीति, नगद प्रवाह, कर्जा परिचालन, ग्राहकको अधिकार लगायत विषयवस्तुमा जानकारी दिइएको बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

यो कार्यक्रमले उद्यमीहरुलाई वित्तीय ज्ञान प्रयोग गरेर व्यापार व्यवसायलाई अझ दिगो बनाउन मार्गदर्शन मिल्ने बैंकको विश्वास छ।